बि.स. : २०८२ माघ २७, मंगलबार

पैसा साट्ने बहाना बनाई ठगी गर्ने दुई जना पक्राउ

Aarya News Desk 4873  पटक हेरिएको

काठमाडौं। अमेरिकन डलर साट्ने बहाना बनाई ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नौं लाख रूपैयाँ ठगि गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा बस्ने २६ वर्षीय ललित बहादुर पाईन र २४ वर्षीय कृष्णलाल पाईन पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरले जनाएको छ।

 

अमेरिकन डलर साट्ने बहाना बनाई पीडितलाई भक्तपुर चाँगुनारायण नगरपालिका-३ मा बोलाई उक्त नगद ठगी गरी फरार भएका उनीहरूलाई प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्‍यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

प्रकाशित मिति: २०२४-११-१४ , समय : १२:१४:५४ , १ वर्ष अगाडि

error: Content is protected !!