बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

पैसा साट्ने बहाना बनाई ठगी गर्ने दुई जना पक्राउ

Aarya News Desk 3604  पटक हेरिएको

काठमाडौं। अमेरिकन डलर साट्ने बहाना बनाई ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नौं लाख रूपैयाँ ठगि गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा बस्ने २६ वर्षीय ललित बहादुर पाईन र २४ वर्षीय कृष्णलाल पाईन पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरले जनाएको छ।

 

अमेरिकन डलर साट्ने बहाना बनाई पीडितलाई भक्तपुर चाँगुनारायण नगरपालिका-३ मा बोलाई उक्त नगद ठगी गरी फरार भएका उनीहरूलाई प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्‍यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

प्रकाशित मिति: २०२४-११-१४ , समय : १२:१४:५४ , ८ महिना अगाडि

error: Content is protected !!