बि.स. : २०८२ माघ २६, सोमबार

दोस्रो श्रीमतीलाई गर्भवती बनाएर नाबालिग सालीसंग श्रीमान फरार

राधेश्याम कुशवाहा / मधेश प्रदेश 10216  पटक हेरिएको

सर्लाही । सर्लाहीको कविलासी नगरपालिकामा एक जना व्यक्तिले नाबालिक सालीलाई फरार भएपछि गर्भवती श्रीमती बिचल्लीमा परेको रहस्य बाहिरिएको छ ।

कविलासी नगरपालिका वडा नम्वर ३ मदनपुरका ओपिन्द्र यादवका ४० बर्षिय छोरा जयनारायण रायले जेठी श्रीमती वितेपछि सर्लाही लालबन्दी नपा ९ का इन्दल रायको २२ बर्षिय छोरी रंजिता यादव संग २०८० माघको ३ गते दोश्रो विहे गरे । दोश्रो विहे गरेका रायले दुई महिनामै श्रीमती रंजितालाई कुटपिट एवं घरेलु हिंसाको शिकार बनाउन थालिन ।

श्रीमान रायले आफू माथि हिंसा गर्दै तिमी साइड लाग, तिमीलाई राख्दीन, गर्भमा रहेको बच्चा पनि चाहिदैनन् भनेर निर्ममतापूर्वक कुटपिट गरेको पीडिता दोश्रो श्रीमती रंजिताले गम्भीर आरोप लगाइन् । मलाई आफनै ३ वटा बच्चा रहेको छ तिमीबाट बच्चा चाहिएन औषधी खाएर फाल भनेर दवाव दिएको नमानेपछि कुटपिट गरेको उनले गुनासो गरिन् ।

आफू माथि भएको हिंसा सम्बन्धी घटनालाई माइतीलाई बताएपछि साउन महिनाको १३ गते बुबाले माइती ल्याएको बताईन । गत असोज १ गते विश्वकर्मा पुजाका दिन मेरो श्रीमान पहिलो श्रीमतीको नाबालक बहिनीलाई लिएर भागेपछि मैले इलाका प्रहरी कार्यलय, हरिपुरमा असोज १५ गते श्रीमान खोजतलासको निवेदन दर्ता गराए ।

दोश्रो श्रीमतीलाई गर्भवती बनाएर अलपत्र छाडेको घटना दुखद रहेको मेची महाकालीका मधेस प्रदेश संयोजक रमा काफले बताउँछिन । अहिले अलपत्र परेकी महिला माईतीको शरण लिन पुगेकी छिन, उनले भनिन ।

यस्ता घटनामा पनि जनप्रनिधिले उल्दै पिडकको संरक्षण गर्नु थप पिडादायक रहेको टिप्पणी गरिन । प्रहरीले फरार रहेका श्रीमानलाई पक्राउ गरी गर्भवती श्रीमती रंजिताको पालनपोषण र मानवअधिकारको रक्षाका लागि संवेदनशिल हुनुपर्नेमा उनले जोड दिइन ।

फरार रहेका यादवको मृतक जेठी श्रीमतीबाट २ वटा छोरा र एउटा छोरी रहेका छन । ९, १० बर्षका छोरा र १५ बर्षको छोरी छन । यता जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले फरार रहेका यादवको खोजी कार्य भइरहेको बताए । पक्राउ परेपछि मात्र यो घटनाको विषयमा थप कुरा गरिने उनले भने ।

यद्यपि गर्भवती रहेकी दोश्रो श्रीमतीलाई समेत जयनारायणले राख्नुपर्ने कविलासी नगरपालिका वार्ड ३ का वडाअध्यक्ष रामविश्वास रायले बताए । पहिलो श्रीमतीको झुण्डिएर मृत्यू भएपछि जयनारायण रायले दोस्रो बिहे रंजिता यादवसंग गरेको कुरा झुठो नरहेको उनले भने ।

५ दिन अगाडी इलाका प्रहरी कार्यलय, हरिपुरमा फरार रहेका यादव सहित सालीलाई २ दिन भित्रमा उपस्थित गराउनका लागि दुवै पक्षबिच सहमति भएको थियो । तर सहमति भएको म्याद सकिएपनि उपस्थित नभएको उनको भनाई छ ।

बिहे भएको १ महिनापछि हिंसा सुरु

बिहे भएर १ महिना राम्ररी चलयो तर चैत्र महिनादेखि श्रीमान आफनो जेठी श्रीमतीको माइती जान थालेपछि मलाई गाली गर्ने र कुटपिट गर्न थाल्नु भयो दोश्रो श्रीमती रंजिताले भनिन् ।

घरबाट भगाउन विभिन्न किसिमका प्रपंच रच्न र हिंसा गर्न थाल्नुभयो र मसंग हप्तौं दिन सम्म समेत बोल्न छाडेको पिडित महिलाले बताईन । मसंग बच्चाहरुलाई समेत बोल्न नदिएको र मैले खाना पकाएर खाना खुवाउन जादा समेत मैले राखदिएको खाना समेत खाना नमानेको र आफनो छोरीबाट खाना मागरेको खाने गरेको व्यवहार गरियो । आफू जेठ महिनामा गर्भवती भएपछि थप हिंसा र कुटपिट गर्न थालेको दुखेसो पोखिन ।

मृतक श्रीमतीको माइतीको समेत संलग्नता

नाबालिक सालीलाई लिएर फरार भएको घटनामा जेठी श्रीमतीको माईती पक्षको समेत संलग्नता भएको हुनसक्ने पिडिता महिला रंजिता यादवको आरोप छ ।

बिहे भएको केही दिन राम्रै चलेको थियो तर श्रीमान पहिलो ससुरालीमा गएर फर्किएको दिनदेखि मसंग झगडा र विवाद गर्न थालेको समेत बताइन ।

मृतक श्रीमतीको बुबाको मृत्यू भइसकेको र घरमा एकल आमा मात्र रहेका कारण समेत छोरी भगाउन परिवारकै राजिखुशी हुनसक्ने आशंका उनले गरिन ।

घटनालाई गाउँमै मिलाउन दबाब

श्रीमानको आफन्तले घटनालाई स्थानिय स्तरमै मिलाउन दबाब गर्भवती श्रीमतीको परिवारलाई विभिन्न दबाब दिदै आएका छन ।

फरार रहेका रायका काका लालो यादवले गाउँका विभिन्न स्थानिय तथा राजनितिक व्यक्तिहरुलाई लिएर गाउँमै रहेका पिडित श्रीमतीका राख्खै मामा राशनारायण यादव संग घटनालाई स्थानिय स्तरमै मिलापत्र गर्न दबाद तथा ताकेका गर्दै आएको छ ।

फरार रहेका श्रीमानलाई प्रहरीमा उपस्थित नै नगराई घटनालाई गाउँमै मिलाउने दाउमा श्रीमानको आफन्ते दिइरहेको र उनलाई वडाअध्यक्षले समेत संरक्षण गर्दै आएको पिडित महिला रंजिताले आरोप लगाइन् ।

वडाअध्यक्ष विवाह दर्ता गर्न अस्विकार

वडाअध्यक्ष रामविश्वास रायले विवाह प्रमाणित गर्न अस्विाकार गरेको पिडित महिलाको परिवारले गुनासो गरे ।

महिला सेल, सिडिओ, एसपी तथा कुनै पनि महिला अधिकारकर्मी लिएर आएपनि आफू बिवाह प्रमाणित नगर्ने बताउदै आएको पिडित महिलाको आफन्तको आरोप छ । वडाअध्यक्ष कै इसारामा श्रीमान फरार रहेको र श्रीमानसंग नियमित कुराकानी हुदै आएको पिडित महिला रंजिता यादवको भनाई छ ।

विवाह प्रमाणितको विषयलाई लिएर वडाअध्यक्ष रायले आफनो बुबा र दाईसंग वडा कार्यलय बाहिर आएर झगडा गरेको बताईन ।

यद्यपि, वडाअध्यक्ष रामविश्वास रायले विवाह प्रमाणित गर्न कानुनले नमिल्ने बताएका छन । २०३५ भन्दा पहिला विवाह प्रमाणित हुन्थ्यो तर अहिले विवाह दर्ता बन्द । विवाह दर्ता बनाउन श्रीमान र श्रीमतीको अनिवार्य उपस्थिति हुनु पर्ने बताएपछि वडाध्यक्षको नियतमाथि प्रश्न चिन्ह खडा भएका उनीहरुले बताए ।

प्रकाशित मिति: २०२४-१०-२६ , समय : १७:२२:५० , १ वर्ष अगाडि

error: Content is protected !!