बि.स. : २०८२ चैत्र २८, आइतबार

घर फर्कने क्रममा ३ वर्षकी छोरी सहित २३ वर्षीय आमा बिच बाटोबाट हराए

कोशी प्रदेश सम्वाददाता 11449  पटक हेरिएको

विराटनगर। माइतबाट घर फर्कने क्रममा ३ वर्षकी छोरी नायरा दास सहित २३ वर्षीय कृष्टी राजवंशी बिच बाटोबाट हराएकी छिन।

असोज २१ गते छोरी सहित मोरङ बेलबारि ८ भाउने माइतबाट बस चढेर सुनवर्षी नगरपालिका ४ काशिजान आउने क्रममा बिच बाटोबाट हराएको कृष्टीको श्रीमान अमित कुमार दासले जानकारी गराउनु भयो। कृष्टी राजवंशी र अमित कुमार दास बिच साढे ४ वर्ष अगाडी प्रेम बिवाह भएको थियो। अमित २ वर्ष अगाडी रोजगारिको लागि कतार पुगेको थियो।

कृष्टी हराएको ३ दिनमा नेपाल फर्केको अमित अहिले छोरी र श्रीमती खोजी दिन आग्रह गरिरहेको छ। अमितले श्रीमती कृष्टी र छोरीको बिषयमा जानकारी दिनेलाई ५० हजार पुरस्कार दिने घोषणा गर्नु भएको छ। उहाँले कृष्टिलाई जहाँ जुन अवस्थामा भए पनि घर फर्कन आग्रह गरेको हो।

कृष्टी हराएको बिषयमा बेलवारी प्रहरी चौकी र रंगेली प्रहरी चौकिमा उजुरी दिदा समेत प्रहरिले कुनै वास्था नगरेको आरोप लगाएको छ। उहाले संग अवस्थाको बिषयमा बुझन जादा खोजी कार्य भइ रहेको भन्दै आएको बताउनु भयो।

कृष्टिको दिदी सर्मिला राजवंशीको अनुसार कृष्टिलाई बिर्सने समस्या रहेकोले बाटो बिर्सेर अन्त पुगेको हुन सक्ने भएकोले भेटन हुने जो कोहिले नजिकको प्रहरी चौकिमा जानकारी गराइ दिन आग्रह गर्नु भयो।

प्रकाशित मिति: २०२४-१०-२२ , समय : १८:३४:४९ , १ वर्ष अगाडि

error: Content is protected !!