बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

अमेरिकामा पहिलो पटक ऐतिहासिक दूर्गा पूजा

Aarya News 26301  पटक हेरिएको

अमेरिका। अमेरिकाको न्युयोर्क राज्यको टाइम्स स्क्वायरमा पहिलो पटक दूर्गा पूजा गरिएको छ। बंगाली क्लब युएसए, गिरीजाप्रसाद कोइराला फाउन्डेशन अमेरिका, वर्ल्ड योगा कम्युनीटीको संयुक्त सहकार्यमा दूर्गा पूजा आयोजना गरिएको हो।

‘विश्वको आर्थिक राजधानी न्युयोर्क शहरको, टाइम्स स्क्वायर, म्यानहट्टनमा पहिलो पटक एक ऐतिहासिक दूर्गा पूजा पर्व भव्यताका साथ सम्पन्न भएको छ,’ गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले भने, ‘हामी जहाँ रहे पनि हाम्रो सांस्कृतिक सम्पदा र परम्परा सधैं प्रवर्द्धन र संरक्षण गर्ने हाम्रो दायित्व हो।’

आफ्नो दायित्वलाई बोध गदै दूर्गा पूजा कार्यक्रम आयोजा गरिएको उनले सुनाए। दूर्गा पूजामा हिन्दू समुदायका अलावा अमेरिकन समुदायबाट पनि उल्लेख्य सहभागिता रहेको थियो।

 

 

-AnnapurnaPost

प्रकाशित मिति: २०२४-१०-०७ , समय : २१:११:२५ , २ वर्ष अगाडि

error: Content is protected !!