बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

भोक्राहा नरसिंहमा नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण

कोशी प्रदेश सम्वाददाता 9402  पटक हेरिएको

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले २ सय ५० जनालाई नि :शुल्क स्वास्थ्य बीमा कार्ड वितरण गरेको छ। स्वास्थ्य नै सबभन्दा ठूलो धन हो भन्ने उदेश्यले गरिब तथा अति विपन्न परिवारलाई पुरानो कार्डको नविकरण र नयाँ गरि २ सय ५० जनालाई निशुल्क स्वास्थ्यविमा कार्ड वितरण गरिएको हो ।

गाउँपालिकाले आइतबार एक कार्यक्रमको योजना गरि गरिब तथा अति विपन्न परिवारलाई विमा कार्ड वितरण गरिएको छ।

पालिकामा रहेका गरिब तथा अति विपन्न परिवारका सदस्यहरुको उपचारको कारण आकल मै मृत्यु हुन् बाट रोक्न र स्वास्थ्य सेवा बाट कोइ पनि बन्चित नहोस् “स्वास्थ्य नै सबभन्दा ठूलो धन हो” भन्ने उदेश्यले नि:शुल्क नयाँ स्वास्थ्य विमा कार्ड र एक बर्ष पूरा भएको विमा कार्ड लाई नविकरण गरि जम्मा २५० जना लाई विमा कार्ड वितरण गरिएको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजम अख्तर अजादले बताउनुभयो। आफु पदमा रहुनजेल पलिकाका कोइपनि गरिब तथा अति विपन्न परिवार स्वास्थ्य सेवा बाट बन्चित हुँदैन उहाँले बताउनुभयो।

कार्यक्रमा पालिका उपाध्यक्ष सुनिता कुमारी उराँव , प्रमुख प्रसाशकिय अधिकृत सुवर्ण घिमिरे , वडा १ का वडा अध्यक्ष लक्ष्मण मेहता , वडा ३ का वडा अध्यक्ष धिरेन्द्र यादव , स्वास्थ्यविमा पालिका संयोजक असफाक आलम लगायत विमितहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रकाशित मिति: २०२४-१०-०६ , समय : २०:५२:४१ , ९ महिना अगाडि

error: Content is protected !!