बि.स. : २०८२ आषाढ २३, मंगलबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

बाढी प्रभावित क्षेत्रमा बाढी मापन स्केलको स्थापना

Desk 1037  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

बिराटनगर श्रावन ३ गते। । इटहरी ८ स्थित पूर्वी गैसारको बाढी प्रभावित क्षेत्रमा बाढी मापन स्केलको स्थापना गरिएको छ ।इटहरी ८ को वडा कार्यालयको समन्वयमा गैसारको बाढी प्रभावित क्षेत्रमा बाढी मापन स्केलको स्थापना गरिएको हो ।

लियो क्लब अफ इटहरी इनोभेसनका अध्यक्ष सुजन घिमिरेका अनुसार बाढी आएको समयको कुन लेभलमा बाढी आएको र मापन केन्द्रले खतराको मापन जाँच गर्नेछ । जसका कारण स्थानीयले सुचूचित गर्ने उनले बताए । लायन्स क्लब अफ इटहरी इनोभेसनका अध्यक्ष डिल्लिराम वाग्लेको सभाध्यक्षतामा भएको कार्यक्रममा इटहरी ८ का वडाध्यक्ष रोहित चौधरी, लायन्स क्लब इन्टरनेशनलका जोन चियन पर्सन दीपक पोखरेलल लगायतको उपस्थिति थियो ।

यसअघि पनि सोही संस्थाले इटहरी ४ को ट्याङ्ग्रा खोलामा राखिएको बाढी मापन स्केलले यसअघि आएको बाढीको प्रतिसेकेन्ड मापनको जाँच गरेको थियो ।खोलामा बाढीको मात्रा बढेपछि प्रशासनलाई जानकारी गराइने वडाध्यक्ष चौधरीले बताए ।

प्रकाशित मिति: २०२२-०७-१९ , समय : १५:५०:३२ , ३ वर्ष अगाडि

error: Content is protected !!