बि.स. : २०८२ चैत्र २८, आइतबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Aarya News 4846  पटक हेरिएको

विराटनगर। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटाएको हो।

निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेल/मट्टितेलमा दुई-दुई रुपैयाँ घटाएको हो। त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ ६ रुपैयाँ र बाह्यमा प्रतिहजार लिटरमा ४५ रुपैयाँ घटाएको निमगले जनाएको छ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ। भारतबाट ४१ रुपैयाँ बढेर आए पनि चाडपर्वलाई लक्षित गरी निगमले ग्यासको मूल्य यथावत् राखेको निगमले जनाएको छ।

नयाँ मूल्यसूची आज रातिदेखि लागू हुनेछ।

प्रकाशित मिति: २०२४-०९-३० , समय : २०:५६:२२ , २ वर्ष अगाडि

error: Content is protected !!