बि.स. : २०८३ साउन १७, आइतबार

सप्तकोशी नदीमा दुर्घटना , २० जना यात्रुलाई उद्धार

आर्य न्युज /Aarya News 14311  पटक हेरिएको

देवानगञ्ज । सप्तकोशी नदीमा दुर्घटनामा परेको बसका २० जना यात्रुलाई उद्धार गरिएको छ।

विराटनगरबाट गाईघाट जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस बिहीबार साँझ ६:०५ बजेतिर कोशी ब्यारेजको पुलबाट नदीमा खसेको थियो।

मान्छे कति थिए भन्ने यकिन नभएको र बस नदीमै रहेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए । उद्धार गरिएका घाइतेलाई उपचारका लागि स्वास्थ्य संस्था पठाएको छ।

ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर कोशी ब्यारेजको पुलको ३५ नम्बर ढोकाबाट नदीमा खसेको प्रहरीले जनाएको छ। घटनामा ठूलो क्षति भएको हुनसक्ने आशंका छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: २०२४-०९-२६ , समय : १९:२७:४४ , २ वर्ष अगाडि

error: Content is protected !!