बि.स. : २०८२ चैत्र २८, आइतबार

जनकपुरधाममा पहिलो पटक मिथिला गोट ट्यालेन्ट हुने

अनुराग साह / जनकपुरधाम 17245  पटक हेरिएको

जनकपुरधाम। जनकपुरधाममा पहिलो पटक जनकपुरका युवाहरू र वाई बी फिल्म प्रोडक्सन (YB Films Production) को आयोजनामा मिथिला गोट ट्यालेन्ट हुने भएको छ । यस विशेष कार्यक्रमको उद्देश्य स्थानीय प्रतिभाहरूलाई मंच प्रदान गर्नु र मिथिला सांस्कृतिक धरोहरको प्रचार गर्नु रहेको कार्यक्रमको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमको मिति र स्थानको जानकारी चाँडै सार्वजनिक गरिनेछ। आयोजकले विभिन्न प्रतिभाहरूलाई प्रदर्शन गर्न र सृजनात्मकताको उत्सव मनाउन आमन्त्रण गरेका छन्। यस कार्यक्रममा संगीत, नृत्य, अभिनय, र अन्य विविध कला क्षेत्रका प्रतिभाहरूको सहभागिता रहनेछ।

जनकपुरधामका युवाहरूलाई प्रोत्साहन गर्दै, यो कार्यक्रम स्थानीय समुदायमा उत्साह र एकता ल्याउने विश्वास गरिएको छ। सबैलाई उपस्थित भएर जनकपुरको सांस्कृतिक विविधता र प्रतिभाको सेलिब्रेसन गर्न आमन्त्रित गरिएको छ।

अधिक जानकारीको लागि वाई बी फिल्म प्रोडक्सन (YB Films Production) सँग मोबाइल नम्बर- ९७०८६७५९०२ (+9779708675902) मा सम्पर्क गर्न सकेन छ।

प्रकाशित मिति: २०२४-०९-२५ , समय : ०९:१८:१८ , २ वर्ष अगाडि

error: Content is protected !!