बि.स. : २०८३ बैशाख ०४, शनिबार

मिथिला के बेटी भाग -२ बिमाेचन, कलाकार र पत्रकारलाई सम्मान

Aarya News Desk 7636  पटक हेरिएको

देवानगञ्ज । सुनसरीका बलाकार तथा साहित्यकार झोटन मेहताको रचना रहेको मिथिलाके बेटी भाग २ को बिमोचन भएको छ । सुनसरी सदरमुकाम इनरुवामा विमाेचन सहित प्रदशनी समेत गरेको छ ।

प्रमुख अथिति अनिल पाेखरेल र अपन स्वर्ग नेपाल कला संस्कृतिकका अध्यक्ष झाेटन मेहता र अथिति एसन मेहताले साेही कार्यक्रममा विमाेचन सहित पत्रकार जजन्यूजका देवराज यादव र गाेरखापत्र दैनिकका जयकृष्ण यादव, राससका अजित कुमार झालाई सम्मान गर्नुभयो ।

त्यसैगरी कलाकार रंजित गुप्ता, राधा चाैधरी,रबिना विक सहित १२ जनालाई सम्मान गरेको छ । मेहताले मैथली तथा मधेसी समुदायको जनवीविका र छोरी चेलीले खेप्नु परेको पीडालाई चित्रित गर्दै तयार पारिएको मिथिलाके बेटी भाग २ को बिमोचन गरेको हो । भदौ २८ गते शुक्रबार सुनसरी सदरमुकाम इनरुवामा मौलिक मैथली गित मिथिलाके बेटी भाग २ को बिमोचन गरेको जनाएको छ ।

झोटन मेहताको रचना, हरुन रसिदको संगित, गायक बिरेद्र झा र माला राजबंसीको गायनमा मौलिक मैथली गित मिथिलाके बेटी भाग २ को बिमोचन भएको अपन स्वर्ग नेपालले जनाएको छ । कला, संगितलाई समाजसेवाको रुपमा लिनुभएका कलाकार रबिना बिक, विजय माली, रन्जित गुप्ता, अनिता मेहता, राज सिंह, पवन भौर, राधा चौधरी सहित गितमा अभिनय गर्नुभएको छ । क्यमरामा सुजित शाह ,कलर रेनु चौधरी, अडिटर पर्शुराम चौधरीको बहुभाषिक कलाकारको अभिनय रहेको छ ।

यो छोरीमाथी हुने अत्याचारका विषयमा यो गित निर्माण भएको छ । अपन स्वर्ग नेपाल बहुभाषिक चलचित्र माहासंघले प्राविधिक रुपमा सहयोग गरेको छ । विमाेचन तथा सम्मान कार्यक्रममा साहित्यकार रमेन्द्र काेईराला, छविनाथ रिजाल , वीरेन्द्र झा, मृदुला झा, अर्जुन मेहता सहितको उपस्थिति रहेको थियो

प्रकाशित मिति: २०२४-०९-१३ , समय : १९:४६:५० , २ वर्ष अगाडि

error: Content is protected !!