बि.स. : २०८२ माघ २६, सोमबार

ट्याङ्करको ठक्करबाट एकै गाउँका २ मेहताको मृ*त्यु

Aarya News Desk 13335  पटक हेरिएको

देवानगञ्ज । सप्तरीमा ट्याङ्करको ठक्करबाट एकै गाउँका दुई जना मृ*त्यु भएको छ। पुर्वपश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरबाट भारदहतर्फ गइरहेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मृ*त्यु भएको हो ।

शुक्रबार को १ ख ७४१४ नम्बरको डिजल बोक्ने ट्याङ्करले प्र १–०२–०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दुईजनाको मृ*त्यु भएको जनाइएको छ ।

कन्चनरुप नगरपालिका-१० मा भएको दुर्घटनामा परी मृ*त्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको हरिनगरा गाउँपालिका–३ का ४१ वर्षीय महेशकुमार मेहता र ४२ वर्षीय जयप्रकाश मेहता रहेको प्रहरीले जनाएको छ ।

महेशको घटनास्थलमै र जयप्रकाशको उपचारका क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको जनाइएको छ । यस्तै, ट्याङ्कर चालक सिरहाको कर्जना नगरपालिका–३ का अन्दाजी ३२ वर्षीय मिथलेश यादवसमेत घाइते भएका छन् । उनको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति: २०२४-०८-१६ , समय : १७:५३:४२ , १ वर्ष अगाडि

error: Content is protected !!