बि.स. : २०८३ बैशाख ०४, शनिबार

चौधरी ग्रुपलाई ठूलो झट्का ! चाँदबाग स्कुल जग्गा खाली गर्न महानगरको निर्देशन

Aarya News Desk 5633  पटक हेरिएको

विराटनगर। सरकारी जग्गा हडपेर प्रयोग गर्दै आइरहेको बाँसबारीस्थित चाँदबाग स्कुललाई जग्गा खाली गर्न काठमाडौं महानगरले निर्देशन दिएको छ । आइतबार काठमाडौं महानगरको नगर प्रहरीसहितको टोली पुगेर एक साताभित्र उक्त जग्गा खाली गर्न निर्देशन दिएको हो ।

महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आगामी सोमबारभित्र उक्त स्कुलले जग्गा खाली गरिसक्नुपर्ने बताए । ‘सरकारी जग्गा भनेपछि छाड्नैपर्छ, सोमबारभित्र खाली भएन भने हामी आफैँ खाली गर्छौं,’ उनले भने, ‘सरकारी जग्गा संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो ।’ उनका अनुसार १० रोपनी जग्गा वर्षौंदेखि विद्यालयले अतिक्रमण गर्दै आइरहेको थियो । चाँदबाग स्कुल चौधरी ग्रुपको हो । महानगरले यसअघि पनि जग्गा खाली गर्न स्कुललाई पटक–पटक निर्देशन दिँदै आइरहेको छ । स्कुल प्रशासनले जग्गा छाड्न अटेरी गर्दै आएको महानगरको भनाइ छ ।

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले ८ साउन ०८१ मा सो जग्गाको स्रेस्ता तयार पारेको थियो । मालपोत कार्यालयले स्रेस्ता विवरण महानगरपालिका र वडा कार्यालयलाई समेत पठाएको थियो ।

प्रकाशित मिति: २०२४-०८-१३ , समय : ११:२९:२० , २ वर्ष अगाडि

error: Content is protected !!