बि.स. : २०८२ चैत्र २८, आइतबार

माछा खाँदा एकै परिवारका तीन बालबालिकाको मृ*त्यु

Aarya News Desk 6212  पटक हेरिएको

विराटनगर। बारामा माछा खाँदा एकै परिवारका तीन बालबालिकाको ज्यान गएको छ । सिम्रौनगढ नगरपालिका– ७ का झवानी टोलका नरेश रामका दुई छोरी नौ वर्षीया लालिमा र सात वर्षीया पुष्पा तथा छोरा पाँच वर्षीय कृष्णको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईका अनुसार शनिबार साँझ आमाले पकाएको माछा र भात खाएर सुतेका बालबालिका अचानक बिरामी परेका थिए । राम परिवारले माछा भारतबाट आएका व्यापारीसँग किनेको थियो । खाना खाएको केही समयपछि बान्ता र पखालाको समस्या देखिन थालेपछि परिवारका सदस्यले शनिबार साँझ साढे ७ बजे स्थानीय सञ्जीवनी स्वास्थ्य क्लिनिकमा लगेका थिए । क्लिनिकका स्वास्थ्यकर्मी रामबाबु कुशवाहका अनुसार त्यतिखेर लालिमाको स्वास्थ्य अवस्था गम्भीर थियो । त्यसपछि कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो ।

लालिमाको आइतबार बिहान प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । थप दुईजनालाई उपचारका लागि आइतबार राति वीरगन्जको नेसनल मेडिकल कलेज पुर्‍याइएको थियो । तर, उनीहरूको पनि आइतबार राति साढे १२ बजे ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०८-१३ , समय : १०:०५:२३ , २ वर्ष अगाडि

error: Content is protected !!