बि.स. : २०८३ बैशाख ०४, शनिबार

सर्लाहीको बरहथवामा एक युवक मृत फेला

Aarya News Desk 5268  पटक हेरिएको

सर्लाही। सर्लाहीको बरहथवामा एक युवक मृत फेला परेका छन्। बरहथवा नगरपालिका–८ टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना साह मृतावस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ।

गाउँ नजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा युवक मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए। मृतक मुन्नाको घाँटीमा चोट देखिएकाले घटना शंकास्पद रहेको उनले बताए।

मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाएको छ। घटनाका विषयमा अनुसन्धानका लागि एक युवतीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए। रासस

प्रकाशित मिति: २०२४-०८-१० , समय : २१:०४:११ , २ वर्ष अगाडि

error: Content is protected !!