बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

भिक्षा मागेर जीविका चलाउने अपाङ्ग रहेकी मुखिया जग्गा माफियावाट ठगिए

श्यामसुन्दर सुतिहार 4168  पटक हेरिएको

विराटनगर । मठ–मन्दिर, हाटबजार लगायत गाउँमा भिक्षा मागेर जीविका चलाउने शारिरीक रुपमा अपाङ्ग रहेकी विराटनगर महानगरपालिका वडा नं. ११ की ४२ बर्षिया दानावती मुखिया जग्गा माफियावाट ठगिएकी छिन् ।

भिख मागेर जीविका चलाउने र केही रकम जोगाएर राखेकी मुखियाले विराटनगरमा आफ्नै जग्गा र घर होस भनी कटहरी गाउँपालिका वडा नं. ४ बस्ने महमद समीर मियाँसंग ५ धुर जग्गा खरीद गर्न बैना गरेकी थिईन । मियाँसंग ५ धुर जग्गा खरिद गर्न २०८० बैशाख २४ गते ५० हजार रुपियाँ बैना स्वरुप दिएकी थिइन । त्यसपछि मियाँलाई मुखियाले २०८० माघ १० गते थप ४ लाख दिएकी थिईन ।

मुखियाले गरेको बैना अवधि हुदाँ हुँदै पनि जग्गा धनी मियाँले विराटनगर–११ की मीना झालाई बिक्रि गरेको पिडीत मुखीयाले बताईन् । बैना गरेको रकम ४ लाख ५० हजार रुपैयाँ समेत फिर्ता नपाएको सुनाउँदै पीडित मुखीयाले ९ लाख ६ हजार रुपैयाँमा ५ धुर जग्गा खरीद गर्न बैना गरेकी थईन । तर जग्गा धनिले अरुसंग बढी रकम पाएपछि मुखीयालाई जग्गा नदिएर झालाई जग्गा बिक्रि गरेको पिडीत मुखीयाको आरोप छ ।

मुखीया न्यायका लागि जिल्ला प्रहरी कार्यालय, मोरङ, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला अदालत मोरङमा समेत पुगेकी थिइन् । पहिलो पक्ष भनीने मुखीया र दास्रो पक्ष भनीने समिर मियाँ बीच भएको बेना कगजमा समय भित्र जग्गा पास गराए वा नगारएमा कनुन बमोजिम हुने व्यहोरा उल्लेख गरिएको छ । तर सरोकारवाल भने पिडीतलाई न्याय नदि मोन बसेको दैखिन्छ । यता उनको छिमेकी निकी कुमारी साहले बेना गरेको जग्गा पीडित मुखीयाको नाममा पास गराउन सवै सरोकारवालाहरुसंग आग्रह गरेका छज् ।

पीडित पक्षमा समाजका अगुवाहरुले बेनागरेको जग्गा पास गराउन जग्गा धनीलाई दवाव दिनका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा २०८१ जेष्ठ ११ गते निवेदन दर्ता गराएको थियो । तर दर्ता भएको द नंः ४८९ निवेदन माथि कुनै पनि पहल नभएको पीडितका आफ्न्त अजय कुमार राजवंशी र चेनेलाल खवासले गुनासोगरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले जिल्ला प्रहरी कार्यालय मोरङलाई सोही निवेदनको सकलै आवश्यक कारवाहीका लागि पठाइ सकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०८-०८ , समय : ११:०९:४८ , ११ महिना अगाडि

error: Content is protected !!