बि.स. : २०८३ बैशाख ०४, शनिबार

भोक्राहा नरसिंहमा ३ घरमा नगदसहित गरगहना चोरी

सुरेन्द्र कुशवाहा 4147  पटक हेरिएको

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह वडा नम्बर २ मा गएराती चोरी भएको छ ।
एकै राती तीन घरमा नगदसहित गरगहना लगायतका सामग्री चोरी भएको हो।

स्थानीय सुबोध लाल मेहताको घर बाट काठको बाकस बाट नगदसहित ५० हजार ,सदानन्द मेहतालेको देवता कोठा बाकस बाट नेपाली नोट नगद २० हजार रुपैया र भारतीय ५ हजार र चान्दिको गरगहना त्यसै गरि रसिलाल मेहताको घर बाट मोबाइल र टर्च चोरले चोरी भएको घर धनिहरुले जनाएका छन।

एकै राती तीन घरमा चोरीको घटना भएपछि स्थानीय बासीहरु त्रासित बनेका छन । भने चोरीको घटना बारेमा थप्प अनुसन्धान भइ रहेकोे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०८-०७ , समय : २०:२४:०२ , २ वर्ष अगाडि

error: Content is protected !!