विराटनगर । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकोले अहिले बिहान देखि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यसैगरी दिउँसो देशभर साधारणतया बदली रही केही स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने छ भने बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। ।
महाशाखाका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने भएकोल ती स्थानमा हुन सक्ने सम्भावित जोखिमबाट जोगिन सचेत अवस्थामा रहन महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित मिति: २०२४-०७-२७ , समय : १०:०२:३५ , २ वर्ष अगाडि