बि.स. : २०८३ बैशाख ०५, आइतबार

विद्यार्थीहरुको चाहना– कान्तिपुर मावि

Aarya News Desk 4093  पटक हेरिएको

विराटनगर । कान्तिपुर माध्यामिक विद्यालय विराटनगर–१० ले आज यहाँ नयाँ विद्यार्थी स्वागत तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ।

विस २०७२ देखि दक्ष शिक्षकहरुद्वारा सञ्चालित उक्त्त विद्यालयले हालसम्म एकसय भन्दा ज्यादा चिकित्सक,सूचना प्रविधि, इन्जिनर,बैंब्का कर्मचारी, शाखा प्रमुख, प्रशासनीक क्षेत्रमा कर्मचारीहरु उत्पादन गर्न सफल भएको छ। यसैगरी यस कलेजबाट उत्पादित विद्यार्थीहरु तेस्रो देशमा उच्च शिक्षा अध्ययन गरी सोही क्षेत्रमा अध्यापन समेत गराइरहेको जानकारी दिइएको छ।

कान्तिपुर माविमा कक्षा ११ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापनमा गरी ९२० विद्यार्थीहरु भर्ना भएका छन् । विद्यालयले १३१ विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गर्नुका साथै विद्यार्थीहरुको उज्वल भविष्यका लागि हप्ताको सात दिन थप कक्षा लिने व्यवस्था समेत गरेको छ।

विद्यार्थीहरुलाई चिकित्सा क्षेत्र, इन्जियनिरब, विएस्सी नर्सिब लगायतको प्रवेश परीक्षाका लागि विशेष कक्षाको समेत व्यवस्था गरिएको माविका प्राचार्य भुवन नेपालले जानकारी दिनु भयो । विद्यालयमा कोशी तथा मधेश प्रदेशका विद्यार्थीहरु अध्ययनरत रहेका छन् । राष्ट्रिय परीक्षा वोर्डका प्रदेश प्रमुख जीवन गडतौलले विद्यार्थीहरु अनुशासित भएर अध्ययनका ध्यान केन्द्रीत राष्ट्रको नाम विश्वमा फैलाउने गर्नुपर्ने सुझाव दिनु भयो

प्राचार्य नेपालले विद्यार्थीहरुलाई कितावी ज्ञानका साथै अन्य व्यवहारिक शिप सिकाई समाजमा दक्ष नागरिकको रुपमा स्थापित गर्ने उद्देश्य रहेको विचार राख्नु भयो । सो अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने शिक्षिक, शिक्षिका, विद्यार्थीहरुलाई सम्मान गरिनुका साथै कक्षा १२ विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: २०२४-०७-२२ , समय : ११:३६:४७ , २ वर्ष अगाडि

error: Content is protected !!