बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

ब्राउन सुगर सहित १ जना पक्राउ

Aarya News Desk 4492  पटक हेरिएको

देवानगञ्ज । झापाको मेचिनगर नगरपालिका वडा नं. ६ स्थित पुरानो मेचीपुलबाट ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा झापाकै मेचीनगर नगरपालिका वडा नं.५ का १९ बर्षीय निर्दोश डाँगी रहेका छन् । आज दिउसो १२ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध ब्राउन सुगर ३ ग्राम ५२० मिलिग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका डाँगीको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: २०२४-०७-२२ , समय : ११:१५:५३ , १२ महिना अगाडि

error: Content is protected !!