बि.स. : २०८३ बैशाख ०५, आइतबार

चार दशक एउटै विद्यालयमा सेवा पश्चात सेवानिवृत्त भएका प्रअ कुशवाहालाई भव्य विदाई

राधेश्याम कुशवाहा / सर्लाही 6205  पटक हेरिएको

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिकामा अवस्थित एक विद्यालयबाट चार दशक अघि नियुक्त भई सेवा दिएपछि नियमित रुपमा सेवा निवृत्त भएका प्रधानाध्यापक हरिनारायण कुशवाहालाई भव्य रुपमा एक समारोहका विच विदाई सम्मान गरिएका छन् ।

हरिपूर्वा नगरपालिका वडा नम्वर ३ धनकौल स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत प्रअ कुशवाहा ४० बर्ष सम्म सेवा दिएर नियमित रुपमा सेवानिवृत्त हुँदा विद्यालय प्रशासनले उनलाई भव्य रुपमा विदाई सम्मान गरिएका हुन् ।

विद्यालयमा कार्यत शिक्षिक, विद्यार्थी, अभिभावक, नगरका भरीका प्रअ, लगायत स्थानिय बुद्वजिवी, शिक्षाप्रेमी, शुभेच्छुक लगायत सयांैका संख्यामा आएका स्थानियवासीहरुले स्थानिय स्तरमा प्रअ कुशवाहाले शिक्षा क्षेत्रमा गरेका योगदानका उच्च मुल्याकंन गर्दै सेवानिवृत्त हुँदा फुलको माला र दोसल्ला ओढाएर भव्य रुपमा सम्मान गरिनुका साथै विदाई गरियो ।

हरिपूर्वा नगरपालिका मेयर विनोद साहले स्थानिय तहको तर्फबाट मायाका चिनो प्रदान गरे । कार्यरत विद्यालय प्रशासनले पनि उनलाई मायाको चिनो सहित सम्झना स्वरुप विभिन्न सामग्री प्रदान गरेका थिए । धनकौल गाउँ निवासी कुशवाहा विगत ४० बर्षदेखि सोही विद्यालयमा कार्यरत रहेको थियो ।

सो विद्यालयमा कार्यरत महिला शिक्षिका विनिता देवी र उषा कुमारीले गितको मार्फत प्रअ कुशवाहा सेवा निवृत्त भएपछि शिक्षक साथीहरुको भावना र मनमा देखिएको गहिरो दुख र बिछोडलाई प्रस्तुत गरेका थिइन ।

शिक्षा विकास तथा समन्वय इकाइ, मलंगवा निमित्त इकाइ प्रमुख रामवृक्ष महतोले सेवानिवृत्त प्रअ कुशवाहा समाजलाई बिर्सन नसक्ने गुण लगाएको बताए ।

उनले शिक्षा क्षेत्रमा भएका विभिन्न समस्यालाई चिर्दै विद्यालयलाई यहाँसम्म ल्याउन प्रअको ठुलो त्याग र तपस्या रहेको जिकिर गरे ।

प्रअकै अगुवाइमा धनकौल जस्तो प्राविधिक शिक्षाको पहुँच नभएका गाउँ देहात क्षेत्रमा प्राविधिक शिक्षालय संचालन गराएर शिक्षा क्षेत्रमा अकल्पनिय सफलता हासिल गराउनमा निकै महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ ।

यो दुखद विदाईको कार्यक्रम रहेको बताउदै यो विद्यालय तथा शिक्षालयमा उनको अनौपचारिक साथ र सहयोग रहिरहने आश लिएको चर्चा गरियो ।

सेवा निवृत्त प्रअ कुशवाहाले आफनो ४० बर्ष भन्दा बढीको उर्जाशिल समय शैक्षिक क्षेत्रमा खर्चेर समग्र नगरको शैक्षिक उत्थानमा महत्वपूर्ण भूमिका खेलेको हरिपूर्वा नगरपालिकाका मेयर विनोद साहले बताए ।

भौतिक पूर्वाधार र जनशक्ति अभाव झेल्दै आएका एउटा प्रावि विद्यालयलाई मावि सम्म स्विकृति गराउन र प्राविधिक शिक्षालय संचालन गर्नमा उनको संघर्ष र तपस्याको कारण यहाँ शिक्षाको ज्योती जागृह गराएकोमा मेयर साहले प्रशंसा गरे ।

विद्यालयबाट मात्र प्रअ कुशवाहा निवृत्त भएपनि विद्यालयको भविष्य उनकै हातमा रहेको बताउदै उहाँले अभिभावक भूमिका खेल्नुपर्ने बताए । नगरको शैक्षिक सुधारका लागि शिक्षा शाखालाई निरन्तर अनुभव, सरसल्लाह र सुझावका आवश्यकता रहेको बताउदै प्रअ कुशवाहाको भावि जिवन सुखमय बितोस भने मेयर साहले कामना गरे ।

विदाई कार्यक्रममा बोल्दै निवृत्त प्रअ कुशवाहाले विद्यालयबाट अवकाश भएपनि यहाँको शैक्षिक तथा समाजिक सेवाको क्षेत्रमा निरन्तर साथ र सहयोग रहिरहने बताए । आफू ४० बर्षको लामो अवधिमा कार्यरत विद्यालयका भौतिक तथा शैक्षिक उत्थानमा आफनो अनवरत सहयोग रहने बताए । यो विद्यालयलाई आधारभूत पछि मावि र त्यसपछि यहाँका बालबालिकाहरु आफनै गाउँमा उच्च शिक्षा प्लस टु पढने स्थानियवासीको सपनालाई साकार गर्न कुनै कसर बाँकी नराख्ने उहाँले प्रतिबद्वता समेत व्यक्त गरे ।

विदाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीका उपसभापति जितेन्द्र कुशवाहाले सेवा निवृत्त प्रअ शिक्षकले आफनो पेसा अवधिमा समाजबाट पाएका प्रतिष्ठा र सम्मान नै उहाँको मुख्य सम्पत्ति रहेको बताए । नियमित रुपमा सेवा निवृत्त हुन लागेका प्रअले यस स्थानको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको जति चर्चा गरेपनि कम हुने बताए ।

उनले पुर्याएको योगदान शिक्षा क्षेत्रमा मात्र नभई समाजिक क्षेत्रमा समेत रहेको बताउदै सेवा निवृत्त भए पश्ताप पनि शिक्षा तथा समाजिक सेवाको क्षेत्रमा काम गर्ने आश लिएको उपसभापति कुशवाहाले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश साहको अध्यक्षतामा भएको विदाई कार्यक्रममा स्वागत मन्तव्य निमित्त प्रअ जवाहर लाल कुशवाहाले राखेका थिए भने शिक्षक विशमर रायले कार्यक्रम सन्चालन गरेका थिए ।

विदाई कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका उप सभापति जितेन्द्र कुशवाहा, विशिष्ट अतिथि हरिपुर्वा नगरपालिकाका मेयर विनोद साह, नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र कुशवाहा, जिल्ला समन्वय समिती सर्लाहीका निमित्त प्रमुख रामवृक्ष महतो, प्राविधिक सहायक सुनिल कुशवाहा, हरिपुर्वा नगरपालिका शिक्षा शाखा प्रमुख जनक काफ्ले, नरैनापुर गाउँपालिका प्रशासन शाखा प्रमुख भरत महतो, जनज्योति बहुमुखी क्याम्पसका प्राध्यापक वीरेन्द्र कुशवाहा, वार्ड–३ का निर्वतमान वडाअध्यक्ष धर्मराज कुशवाहा, केश्वर गरिब जनता माविका प्रअ संजय कुमार यादव, नगरभरीका सबै विधालयका प्रअहरु, शिक्षक, अभिभावक, विधार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

वि.स २०२० सालमा प्राविका रुपमा स्थापना भएका राष्ट्रिय विद्यालयमा निवृत्त प्रअ कुशवाहा स्थापना भएको २१ बर्षपछि विस २०४१ सालमा शिक्षकको रुपमा भर्ना भएका थिए । विस २०५० सालमा प्रअको जिम्मेवारी पाएका उनले शिक्षा क्षेत्रमा भएका विभिन्न समस्या र चुनौतीलाई पार गर्दै विस २०६७ सालमा आाभरभूत र २०८१ सालमा माविको स्विकृति प्राप्त गर्न सफल भए ।

उनकै नेतुत्वमा २०८० सालमा विद्यालयमा भौतिक पूर्वाधार निर्माण गरेपछि कालिका पोलिटेक्निक शिक्षालय संचालन गर्न सफल भयो । हाल यस शिक्षालय हेल्थ अस्सिटेन्ट, डि फार्मेसी र भेटेनरी गरी ३ वटा फरक धारको प्राविधिक विषय पढाई हुदै आएको कालिका शिक्षालय प्रमुख सुरेन्द्र कुमार यादवले जानकारी दिए ।

प्रकाशित मिति: २०२४-०७-२१ , समय : १४:०३:४० , २ वर्ष अगाडि

error: Content is protected !!