बि.स. : २०८३ बैशाख ०५, आइतबार

हिमगिरीले महजोडीलाई ब्राण्ड एम्वेष्डर नियुक्त

कोशी प्रदेश सम्वाददाता / आर्य न्युज 3960  पटक हेरिएको

विराटनगर। नेपाली चलचित्रका प्रशिद्ध हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य( महजोडी)लाई हिमगिरी हाइजेनिक उद्योग विराटनगरले आज ब्राण्ड एम्बेष्डर नियुक्त गरेको छ।

उक्त उद्योगद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा उद्योगका अध्यक्ष महेश जाजु, प्रवन्ध निर्देशक प्रकाश मुन्दडाले महजोडीसँग एक बर्षको सम्झौता पत्र आदान प्रदान गर्नु भयो । सो अवसरमा कलाकारद्वय श्रेष्ठ र आचार्यले युवाहरुलाई स्वदेशमा रोजगर उपलव्ध गराउन नीजि क्षेत्रका उद्योगहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भएका छन् । उहाँहरुले विदेश जाने युवाहरुलाई वित्तिय सचेतना दिई रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउनु पर्ने सुझाव दिनु भयो ।

उद्योगका अध्यक्ष बेनीगोपाल मुन्दडा, अध्यक्ष जाजु र प्रवन्ध निर्देशक मुन्दडाले उत्पादित सामाग्रीहरुमा गुणस्तरलाई विशेष ध्यान दिएको जानकारी दिनु भयो । उद्योगले लुगाधुने पाउडर, लुगाधुने, भाँडा माझ्नो र नुहाउने सावुन,श्याम्फु, नेपकिन,शौचालय सफा गर्ने सामाग्री, मास्क, लगायतका गुणस्तरीय सामानहरु उत्पादन गरिरहेको छ।

उद्योगमा हाल रु ३५ करोड लगानी रहेको छ भने आगामी दिन थप रु एक अर्ब लगानी गरी स्वदेशी युवाहरुलाई रोजगारी उपलव्ध गराउने लक्ष्य रहेको उद्योगका अध्यक्ष जाजुले जानकारी दिनु भयो । उद्योगले आफ्ना उत्पादनहरु भारतको विहार,पश्चिम वब्गाल,उत्तरप्रदेश,झारखण्ड र भूटानमा निर्यात गर्ने लक्ष्य रहेको छ ।

प्रकाशित मिति: २०२४-०७-२१ , समय : ०८:५२:२५ , २ वर्ष अगाडि

error: Content is protected !!