बि.स. : २०८२ माघ २६, सोमबार

टिपरको ठक्करबाट आमाको मृत्यु छोरा गम्भीर घाइते

Aarya News / आर्य न्युज 17791  पटक हेरिएको

देवानगञ्ज । मोरङमा टिपरको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका वडा नम्बर ६ गोपाल चोककी सीता बोहराको मृत्यु भएको हो।

टिपरले स्कुटरलाई ठक्कर दिँदा आमाको स्थल मै मृत्यु भएको र छोरा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।

करिब ८ वर्षका प्रशान्तको मदन भण्डारी ट्रमा सेन्टर उर्लावारीमा उपचार भइरहेको कार्कीले बताउनुभयो ।

प्रदेश ०३-००१ क १०९० नम्बरको टिपरले प्रदेश १- ०१०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २०२४-०७-०१ , समय : २१:२६:४९ , २ वर्ष अगाडि

error: Content is protected !!