बि.स. : २०८३ बैशाख ०५, आइतबार

मोरङको धनपालथानबाट ठुलो परिणाममा गाँजा बरामद

बैजनाथ शर्मा / आर्य न्युज 14714  पटक हेरिएको

धनपालथान। मोरङको धनपालथान गाउँपालिकाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेकाे छ ।

धनपालथान गाउँपालिका वडा नम्बर – ७ स्थित राजकुमार सिंहको गोठमा भुषभित्र लुकाई राखेको अवस्थामा झण्डै १५४८ केजी गाँजा प्रहरीले बरामद गरेको हो।

बिशेष सुचनाको आधारमा इलाका रंगेली प्रहरी,जिल्ला प्रहरी कार्यालय मोरङ, पोखरिया नोचा प्रहरी, सशस्त्र प्रहरी बल गडेरियाको संयुत टेालीले सो बराबरको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको ४९ बोरा गाँजा कसको हो भन्ने विषयमा थप अनुसन्धान गरिरहेको रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२४-०६-२७ , समय : २२:५१:२६ , २ वर्ष अगाडि

error: Content is protected !!