- गाईघाटकी १९ वर्षीय किशोरीलाई ‘होटल वरण्डा’मा वलात्कार
गाईघाटकी १९ वर्षीय किशोरीलाई धरानबाट इटहरी पुर्याएर ‘होटल वरण्डा’मा वलात्कार
इटहरी– उदयपुरको गाईघाट घर भई धरानमा डेरा लिएर बस्दै आएकी १९ वर्षीया किशोरीलाई सुनसरीको इटहरीस्थित होटल बरण्डामा लगेर बलात्कार गरी एक युवक फरार भएका छन्।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार गत बुधबार मध्ये राती होटलको ८०१ नम्बर कोठा बुक गरेर किशोरीलाई बलात्कार गरी इटहरीका तपन भनिने तपेन्द्र थापा फरार भएका हुन। थापाविरुद्ध पीडित किशोरीले विहिवार नै इप्रका इटहरीमा उजुरी दिएकी छिन्।
अमेरिकाबाट ३ महिनाअघि नेपाल घुम्न आएका थापाले किशोरीलाई बागमती प्रदेश ०१–बा २८ च ६७५३ नं. को एमजी इलेक्ट्रोनिक्स गाडीमा राखेर धरानबाट ईटहरी ल्याएको खुलेको छ। प्रहरीका अनुसार ती किशोरी बुधबार राति धरानको एमएस क्लब अगाडि उभिएकी थिईन। पारिवारिक समस्यामा परेकी उनलाई थापाले सहयोग गर्ने वहानामा ईटहरी पुर्याएको खुलेको छ।
प्रकाशित मिति: २०२४-०६-२५ , समय : ०९:१८:३२ , २ वर्ष अगाडि