बि.स. : २०८३ बैशाख ०५, आइतबार

सुरक्षामा खटिएका एक प्रहरी जवानले आफ्नै निधारमा गोली हानी आत्महत्या गरे

आर्य न्युज /Aarya News 3235  पटक हेरिएको

काठमाडौं। नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैलाई गोली हानी आत्महत्या गरेक छन्। संसद भवनको ड्युटीमा रहेका बेला बुधबार बिहान ८ बजेतिर २२ वर्षीय अजित गोलेले आफूले बोकेको इन्सास राइफल आफ्नै निधारमा फायर गरे‍को प्रहरी स्रोतले जनाएको छ।

संसद भवनको पश्चिम गेटको २ नम्बर गेटमा सुरक्षार्थी खटिएका उनको घटनास्थलमै मृत्यु भएको हो। बिहान ६ बजेदेखि ड्युटीमा रहेका गोले ८:१५ बजेतिर शौचालयमा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।

दोलखाको मेलुङ गाउँपालिका-४ घरका गोले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: २०२४-०६-१९ , समय : ११:०४:१० , २ वर्ष अगाडि

error: Content is protected !!