बि.स. : २०८३ आषाढ ०६, शनिबार

बेइजिङले ताइवानमाथि युद्ध सुरु गर्ने चीनले दिए चोतावनी

Aarya News Desk 3103  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

बेइजिङ जेष्ठ २८ गते। ताइवानले स्वतन्त्रताको घोषणा गरेमा बेइजिङले ताइवानमाथि युद्ध सुरु गर्ने चीनले चोतावनी दिएको छ। चिनियाँ रक्षामन्त्रीले अमेरिकी समकक्षीसँग शुक्रबार पहिलो पटक भएको प्रत्यक्ष वार्तामा चेतावनी दिँदै बेङजिङले ताइवानविरूद्ध युद्ध घोषणा गर्न सक्ने बताएका हुन्।

‘यदि कसैले ताइवानलाई चीनबाट विभाजन गर्ने आँट गर्छ भने, लागत जस्तोसुकै भए तापनि चिनियाँ सेनाले युद्ध सुरु गर्न पक्कै हिचकिचाउने छैन’, वु कियानले लोइड अस्टिनसँगको बैठकमा रक्षा मन्त्री वे फेन्घेले राखेको भनाइलाई उद्धृत गरे।

चिनियाँ रक्षा मन्त्रालयका अनुसार चीनको बेइजिङले ‘ताइवान स्वतन्त्रता’ को बहानामा हुने चीनविरोधी षड्यन्त्रलाई नष्ट गर्ने एकीकरणलाई दृढतापूर्वक समर्थन गर्ने प्रतिज्ञा गरिएको जनाएको छ। ‘ताइवान चिनियाँ भूमि भएको जोड दिँदै चीनविरूद्ध ताइवानको प्रयोग कहिल्यै विजयी हुन नसक्ने चिनियाँ रक्षामन्त्रालयले बताएको छ।

अमेरिकी रक्षामन्त्रालयले बताएअनुसार सिंगापुरमा भएको वार्ताको क्रममा अस्टिनले आफ्नो चिनियाँ समकक्षीलाई बेइजिङले ‘ताइवानलाई परिवर्तन गर्ने कार्यबाट अलग रहनुपर्छ’ भनेका थिए। रासस

प्रकाशित मिति: २०२२-०६-११ , समय : १४:५६:४५ , ४ वर्ष अगाडि

error: Content is protected !!