बि.स. : २०८३ बैशाख ०५, आइतबार

पत्रकार महतोलाई धम्क्याएका त्रिपाठीद्वारा आत्मालोचना

Aarya News 2577  पटक हेरिएको

मलंगवा। पत्रकारलाई धम्क्याएका मधेश प्रदेश सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिङका स्वकिय सचिव सर्लाहीको धन्कौल निवासी निकेश त्रिपाठीले आत्मालोचना गरेका छन् ।

स्वकिय सचिव त्रिपाठीले शुक्रबार जिल्ला प्रहरी कार्यलयमा आत्मालोचना गरेका हुन् । त्रिपाठीले केही समय पहिला नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्र सिङको एक मुद्धा फैसला सम्बन्धी समाचारलाई लिएर धडकन एफएम र अनलाईन पोर्टलका संचालक शिव कुमार महतोलाई तथानाम गाली बेईजती गर्नुका साथै अंगभंग गरिदिने धम्की दिएका थिए ।

लगतै महतोले जिल्ला प्रहरी कार्यलय सर्लाहीमा दिएको जिउज्यानको रक्षा तथा दोसीउपर कार्वाहीको मागमा प्रहरीले दुवै पक्षलाई शुक्रवार जिल्ला प्रहरी कार्यालयमा छलफल गराएको हो ।

कार्यलयमा उपस्थित त्रिपाठीले आफुले आवेगमा बोल्न नहुने कुरा बोलेको भन्दै आत्मालोचना गरेका जिल्ला प्रहरीका प्रहरी निरिक्षक ओम प्रकाश यादवले जानकारी दिए ।

घटनालाई कानुनी प्रकृयामा लैजानु भन्दा पनि दुवै पक्ष मिलापत्र गर्न सहमत भएको प्रहरी निरिक्षक यादवले बताए । द्धन्द्धलाई बढाउने भन्दा पनि समाधान तर्फ लाग्नु पर्छ भन्ने धारण आएपछि त्रिपाठीले आजउप्रान्त यस्तो घटना नदोहोरिने प्रतिबद्धता ब्यक्त गरेका थिए । जिल्लामा संचारकर्मीहरुको उपस्थितीमा भएको छलफलमा स्वकिय सचिव त्रिपाठीले पश्चताप गरेपछी मिलापत्र भएको प्रहरीले जनाएको हो ।

छलफलमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष श्रवण थापा, सचिव राधेश्याम कुशवाह, अरोज यादव, अमलेश शर्मा लगायत जिल्लाका कृयाशिल संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२४-०५-२६ , समय : २०:५०:१४ , २ वर्ष अगाडि

error: Content is protected !!