बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

प्रहरीले गोली प्रहार गरि भारतीय नागरिकलाई पक्रउ गरे

कोशी प्रदेश सम्वाददाता 2935  पटक हेरिएको

विराटनगर। मोरङमा एक भारतीय नागरिकलाई प्रहरीले गोली प्रहार गरि पक्राउ गरिएको छ।

इलाका प्रहरी सिसुवा मोरङ , लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काठमाडौंबाट संयुक्त रुपमा खटिएको टोलीले रतुवामाई नगरपालिका–६ मा कादुपाडामा मंगलबार दिउँसो ३ बजेतिर गोली प्रहार गरि  भारतको किसनगञ्ज–८ घर बताउने ३४ वर्षीय भगीरथ हरिजनलाई पक्राउ गरिएको हो।

हरिजन लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)को कारोबारमा संलग्न रहेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताउनुभयो। मोरङ प्रहरी प्रमुख कार्कीका अनुसार हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई आक्रमण गरेपछि पेस्तोलबाट २ राउण्ड गोली फायर गरिएको बताउनुभयो । उनको दाहिने तीघ्रामा गोली लागेको छ। शंकास्पद अवस्थामा भेटिएका उनलाई प्रहरीले पिछा गरेको थियो। हरिजनलाई बीआर ३८ क्यू ३८३० नम्बरको मोटरसाइकलमा भाग्दै गर्दा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो।

तर, प्रहरीमाथि नै जाइलागेपछि गोली चलाउनु परेको एसपी कार्कीले बताउनुभयो । घाइते अवस्थाका हरिजनलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारी लगिएको छ। उनको साथबाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने १ सय ५८ ग्राम धुलो पदार्थ (प्लाष्टिकसहित) बरामद भएको प्रहरीले जनाएको छ।

हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी सहायक निरीक्षक नवीन साही सामान्य घाइते भएका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी कार्कीले बताउनुभयो ।

 

प्रकाशित मिति: २०२४-०५-१४ , समय : २१:०१:०५ , १ वर्ष अगाडि

error: Content is protected !!