बि.स. : २०८३ बैशाख ०५, आइतबार

रुखमा बाँधेर जलाइएको अवस्थामा पुरुषको शव फेला

आर्य न्युज /Aarya News 2617  पटक हेरिएको

विराटनगर। पाँचखालमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ।

पाँचखाल नगरपालिका- ४ फेदी र जिरोकिलोको बीच भागमा पूर्ण रुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक राजाराम खतिवडाले जानकारी दिए।

उनका अनुसार शवको मुख र छातीमा तारले बाँधेको र रुखमा बाँधेर जलाइको अवस्थामा जङ्गलमा शव फेला परेको हो। शवको पहिचान हुन सकेको छैन। जलेको शव पुरुषको रहेको र उमेर २५ वर्षभन्दा कम जस्तो देखिएको प्रहरीले जनाएको छ।

शवको प्रकृति हेर्दा घटना ५,६ दिन अघिको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलमा कुकुरसहितको प्रहरीको अनुशन्धान टोली काठमाडौंबाट ल्याएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।Annapurna Post

प्रकाशित मिति: २०२४-०५-१० , समय : १०:३९:४३ , २ वर्ष अगाडि

error: Content is protected !!