
विराटनगर / मोरङको बिराटनगर बाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका वडा नम्बर १५ र १७ बाट लागुऔषध ब्राउनसुगर सहित मेघराज मण्डल र मो. इभरामलाई पक्राउ गरेका हुन् ।
बुधबार दिउँसो ३ बजे बिराटनगर १५ ढाट स्थित भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बिराटनगर १० का ३९ बर्षीय मेघराज मण्डललाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २६ ग्राम ३७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
त्यसै गरि बिराटनगर १७ इस्लामपुरबाट ६ ग्राम १ मिलिग्राम ब्राउनसुगर सहित भारत जोगवनीका ३२ बर्षीय मो. इभरामलाई अस्थाई प्रहरी पोष्ट मटेरुवा र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भईरहेको छ ।
प्रकाशित मिति: २०२४-०३-२८ , समय : १९:२९:११ , १ वर्ष अगाडि