बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

लोकसभा चुनावको मिति घोषणा : १ करोड ८९ जनाले पहिलोपटक मतदान गर्ने

आर्य न्युज /Aarya News 3348  पटक हेरिएको

देवानगञ्ज। नेपालको छिमेकी राष्ट्रिय भारतले लोकसभा चुनावको मिति घोषणा गरेको छ। भारत निर्वाचन आयोग केन्द्रीयले १८औं लोकसभाको चुनावको गर्ने घोषणा गरेको हो। आयोगका अनुसार १९ अप्रिलदेखि १ जुनसम्म चुनाव सात चरणमा हुने छ।

पहिलो चरणमा १९ अप्रिलमा २१ राज्यका १०२ सिटका लागि चुनाव हुनेछ। जसमा अरुणाचल, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिज़ोरम, नगाल्यान्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अन्डमान निकोबार, जम्मू कश्मीर, लक्षद्वीप र पुद्दुचेरी रहेका छन्।

त्यस्तै दोस्रो चरणमा २६ अप्रिलमा १३ राज्यका ८९ सिटका लागि हुनेछ। जसमा असम, बिहार, छत्तीसगढ़, कर्नाटक, केरल, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, राजस्थान, त्रिपुरा, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मू कश्मीर रहेका छन्।

त्यस्तै तेस्रो चरणमा ७ मेमा १२ राज्यका ९४ सिटका लागि हुनेछ। जसमा असम, बिहार, छत्तीसगढ, गोवा, गुजरात, कर्नाटक, मध्यप्रदेश, महाराष्ट्र, उत्तर प्रदेश, पश्चिम बंगाल, दादर नागर हवेलीर र दमन दीव रहेका छन्।

त्यस्तै चौथो चरणमा १३ मेमा १० राज्यका ९६ सिटका लागि चुनाव हुनेछ। जसमा आन्ध्र प्रदेश, बिहार, झारखण्ड, मध्यप्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगाना, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मू कश्मीर रहेका छन।

त्यस्तै पाँचौं चरणमा २० मेमा ८ राज्यका ४९ सिटका लागि चुनाव हुनेछ। जसमा छत्तीसगढ, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रेदश, पश्चिम बंगाल, जम्मू कश्मीर र लद्दाख रहेका छन्।

त्यस्तै छैटौं चरणमा २५ मेमा ७ राज्यका ५७ सिटमा चुनाव हुनेछ। जसमा बिहार, हरियाणा, झारखण्ड, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल र दिल्ली रहेका छन्।

त्यस्तै सातौं चरणमा १ जुनमा ८ राज्यका ५७ सिटमा चुनाव हुनेछ। जसमा बिहार, हिमाचल प्रदेश, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल र चण्डीगढ रहेका छन्।

मतगणना भने ४ जुनमा गर्ने केन्द्रीय चुनाव आयोगले जानकारी दिएको छ। हालः लोकसभामा रहेका सांसदहरूको कार्यकाल १६ जुनमा सकिँदैन।

केन्द्रीय निर्वाचनको आयोगका अनुसार लोकसभा निर्वाचनमा ९६ करोड ८ लाख भोटर छन्। जसमा ४७ करोड एक लाख महिला र ५९ करोड ७ लाख पुरुष रहेका छन्। यीमध्ये १ करोड ८९ जनाले पहिलोपटक मतदान गर्नेछन्। आयोगका अनुसार करिब २० करोड मतदाता युवा छन्। जसको उमेर २० देखि २९ को बीचमा छ।

प्रकाशित मिति: २०२४-०३-१६ , समय : २०:३८:१२ , १ वर्ष अगाडि

error: Content is protected !!