बि.स. : २०८२ चैत्र २०, शनिबार

मिश्रित आयुर्वेदिक सिरप खाँदा ५ जनाको मृत्यु

आर्य न्युज /Aarya News 4301  पटक हेरिएको

नयाँ दिल्ली। गुजरातमा मिसावट भएको आयुर्वेदिक सिरप पिएर पछिल्ला दुई दिनमा ५ जनाको मृत्यु भएको छ। त्यस्तै अन्य दुई जनालाई अस्पताल लगिएको गुजरात प्रहरीले जनाएको छ।

खेडा जिल्लाका एक पसलले कलमेघासव–अश्वरिष्ट नामक आयुर्वेदिक सिरप करिब ५० जनालाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

यो घटना गुजरातको राजधानी गान्धीनगरबाट ६७ किलोमिटर दक्षिणपूर्वमा रहेको खेडा जिल्लाको हो। खेडाका प्रहरी उपरीक्षक राजेश गढियाले गाउँलेको रगत परीक्षणमा उक्त सिरपमा मिथाइल अल्कोहल मिसाइएको प्रष्ट भएको बताए ।

उनले भने, ‘विगत दुई दिनमा सिरप पिएर पाँच जनाको मृत्यु भएको छ। दुई जनाको उपचार भइरहेको छ। हामीले सोधपुछका लागि एक पसलेसहित तीन जनालाई हिरासतमा लिएका छौँ।’

मिथाइल अल्कोहल एक विषाक्त पदार्थ हो। बीबीसी

प्रकाशित मिति: २०२३-१२-०१ , समय : ०८:३८:३५ , २ वर्ष अगाडि

error: Content is protected !!