बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ

आर्य न्युज /Aarya News 4565  पटक हेरिएको

काठमाडौँ ।आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ परेकी छन् । दाङको लमहीमा १६ दिने आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ परेकी हुन् ।

लमही नगरपालिका-७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले बुधवार दिउँसो आफ्नै छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको खबरपछि आमालाई नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरीले जानकारी दिए।

तरकारी काट्ने चक्कुले घरपछाडि लगेर छोरीको घाँटी रेटी रहेको अवस्थामा आफन्तले देखेपछि नवजात शिशुको हत्या हुनबाट जोगाएका थिए । १६ दिने शिशुको घाँटीमा चक्कुले काटेको खत छ र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै छ ।

शिशुको अवस्था गम्भीर रहेको प्रहरीले बताएका छन् । राजधानी

प्रकाशित मिति: २०२३-१०-२७ , समय : १२:०२:५१ , ३ वर्ष अगाडि

error: Content is protected !!