बि.स. : २०८३ बैशाख १०, शुक्रबार

हृदयघातबाट एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

आर्य न्युज /Aarya News 3455  पटक हेरिएको

काठमाडौं। संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । आफ्नै निवासमा हृदयघातपछि अस्पताल लैजाँदै गर्दा बाटोमै गएराति उनको निधन भएको हो।

उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइए पनि नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। निधन भएको जानकारी पाएपश्चात प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतका नेताहरु अस्पताल पुगेका छन् ।

सांसद नेम्वाङको निधन भएपछि शीर्ष नेताहरु अस्पताल जानेक्रम जारी रहेको छ। अहिले अस्पताल परिसरमा नेता/कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ।

प्रकाशित मिति: २०२३-०९-१२ , समय : ०८:३४:२१ , ३ वर्ष अगाडि

error: Content is protected !!