बि.स. : २०८३ आषाढ ०२, मंगलबार

सुनसरीमा गौं हत्या घटना सेलाउन नपाउदै ! राप्रपाले शक्ति प्रदर्शन गर्दै !

कोशी प्रदेश सम्वाददाता 10459  पटक हेरिएको

सुनसरी। राजा सहितको प्रजान्त्र हिन्दु राज्यको स्थापनाको नारा राख्दै आएको राष्ट्रिय प्रजान्त्र पार्टीले सुनसरीमा शक्ति प्रदर्शन गर्ने भएको छ।

सुनसरीको झुम्कामा भदो २० गते कोशी प्रदेश स्तरीय आम सभाको आयोजना गर्ने गरि सम्पूर्ण तयारी भइ सकेको छ। उक्त आम सभामा वर्तमान राप्रापा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रापाका नेताहरु पशुपति शमशेर राणा, डा. प्रकाश चंद्रारलिहना ज्ञानेन्द्र शाही लगायत अन्य व्यक्तिहरुले उक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त आम सभामा विभिन्न पार्टी परित्याग गरि राप्रापामा प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रम राखिएको बताइन्छ।

धरानमा गाई गोरु काटेको घटना सेलाउन नपाउदै हुन् गइ रहेको यो आम सभालाई पार्टीले शक्ति प्रदर्शन कै रुपमा लिएको छ। उक्त आम सभामा सहभागी वक्ताहरु ले वर्तमान राजनीति अवस्था पार्टीले अपनाउनु पर्ने रणनीति को बारेमा प्रकाश पर्नु हुने बताइन्छ ।

प्रकाशित मिति: २०२३-०९-०५ , समय : २१:१४:०० , ३ वर्ष अगाडि

error: Content is protected !!