बि.स. : २०८२ माघ २७, मंगलबार

 गणतन्त्र दिवस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय ३४ कैदीको सजाय मिनाहा गरे

आर्य न्युज 2595  पटक हेरिएको

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय माफ गरिदिनु भएको छ ।

गणतन्त्र दिवस अवसरमा ती कैदीहरुको सजाय माफी गरिएको हो । जेठ १३ गते शुक्रबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरुसमेतका आधारमा तोकिएको विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २ सय ७१ जना र नरबहादुर साँवासमेतका ५ सय ४७ तथा उमाकान्त पराजुलीसमेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि लागु हुने गरी गणतन्त्र दिवस २०७९ को अवसरमा माफी मिनाहा गरिदिनु भएको छ । गणतन्त्र दिवस–२०७९ भोलि मनाइँदैछ ।

 

प्रकाशित मिति: २०२२-०५-२८ , समय : १४:२५:५५ , ४ वर्ष अगाडि

error: Content is protected !!