बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

अफगानिस्तानमा मिनीबस र मस्जिदमा बम विस्फोट हुँदा १२ जनाको मृत्यु

आर्य न्युज 1054  पटक हेरिएको

काबुल। भएका अफगानिस्तानमा बुधबार एउटा मिनीबस र एउटा मस्जिदमा चारवटा बम विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सले प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै मजार-ए-शरीफ क्षेत्रमा एउटा मिनीबसमा भएका तीनवटा बम विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको जनाएको छ। यो विस्फोटमा अन्य १५ जना घाइते भएका छन्।

यसपछि काबुलको एक मस्जिदभित्र बम विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार इस्लामिक स्टेटले मजार-ए-शरीफमा भएको विस्फोटको जिम्मेवारी लिएको छ।

काबुलको आकस्मिक अस्पतालले मस्जिदमा भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको र २२ जना घाइते भएको जनाएको छ। रोयटर्सले अधिकारीहरूलाई उद्धृत गर्दै मस्जिद भित्र एउटा पंखामा बम राखिएको बताएको छ।

प्रकाशित मिति: २०२२-०५-२६ , समय : १२:४०:५१ , ३ वर्ष अगाडि

error: Content is protected !!