बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

बैंक खाता ‘ह्याक’ गरी रकम चोरी गर्ने घटना बढ्दै : ४ हजार ७ सय भन्दा बढी उजुरी

Aarya News 1650  पटक हेरिएको

काठमाडौं। काठमाडौं प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने, रकम नभएको बैंक खाताको चेक दिने, बैंक खाता ‘ह्याक’ गरी अनधिकृत रूपमा रकम चोरी गर्ने लगायत घटना बढेको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार काठमाडौं पत्रकार सम्मेलन गर्दै पछिल्लो समय अपराधका स्वरुप बदलिन थालेको र आर्थिक अपराधका घटनाहरू बढ्न थालेको जनाएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंमा पछिल्लो सात महिनामा दर्ता भएकामध्ये आर्थिक अपराधसँग जोडिएका मुद्दा ५० प्रतिशत बढी रहेको बैंकिङ कसुरका मात्रै चार हजार सात सय २३ उजुरी दर्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनले आर्थिक अपराधका घटनाहरू न्यूनीकरण गर्न सचेतना अभियानको पनि आवश्यकता देखिएको बताए। कार्कीले परिसरको नेतृत्व गरेसँगै फैसला कार्यान्वयनलाई पनि उच्च महत्व दिएको उनको भनाइ छ।

परिसरमा माघदेखि साउनसम्म तीन सय ३२ घटनामा पाँच करोड ४१ लाख ६९ हजार सात सय ३२ रुपैयाँ बराबरको ठगी भएको निवेदन परेको उनले बताए।

प्रकाशित मिति: २०२३-०८-२४ , समय : २०:४३:०७ , २ वर्ष अगाडि

error: Content is protected !!