बि.स. : २०८३ आषाढ ०६, शनिबार

ब्राउन सुगर सहित इनरुवाको सिंह पक्राउ

Aarya News 3621  पटक हेरिएको

विराटनगर । भारतको जोगव‌नी बजार लागु औषधको केन्द्रबिन्दु बन्दै गएको छ । जोगवनीमा ब्राउन सुगरको बिक्रि वितरण तिव्ररुपमा भई रहेको छ।

लागु औषध ब्युरो कोशी प्रदेशको टोलिले जोगवनीबाट विराटनगर तर्फ आई रहेको एक व्यक्तिलाई शंका लागी निजबाट ब्राउन सुगर बरामद गरे पछि सो कुरा बाहिर आएको हो।

साबिक सुनसरीको चान्दबेला गाउँपालिका हालको इनरुवा नगरपालिका ६ बस्ने २५ वर्षको विशाल सिंहलाई विराटनगर १५ मा चेक जाच गर्दा निज बटा ब्राउन सुगर बरामद गरेको छ।

मंगलबार निज बाट १ ग्राम २५० मिलीग्राम ब्राउन सुगर बरामद गरेको थियो। ब्राउन सुगर सहीत सिंह लाई आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय रानी विराटनगर मा बुझाएको छ।

प्रकाशित मिति: २०२३-०८-२२ , समय : २१:३८:३३ , ३ वर्ष अगाडि

error: Content is protected !!