बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

विराटनगरमा डेंगुबाट विरामी हुने संख्या २३ पुग्यो

Aarya News 3786  पटक हेरिएको

विराटनगर। विराटनगर महानगर पालिकाले पछिल्लो समय देखापरे‌को डेंगुको प्रकोपलाई कम गर्न उच्च सतेकताका साथ काम गरिरहेको छ । पछिलो समय तिब्र रुपमा डेंगु विरामी देखापर्न थाले पछि उच्च सतेकताका साथ काम गर्न थालेको हो।

विराटनगरमा डेंगुबाट विरामी हुने संख्या २३ पुगेका छन्। वडा तह‌गत रूपमा हेर्नेहो भने वडा नम्बर ३ मा ८ जना वडा नम्बर ४ का ३ जना विरामी फेला परेका छन्।

विराटनगर महानगर पालिका वडा नम्बर ५,६,७ र १४ मा २/२ जना र १५,१६,१७,१८ र १९ वडामा १/१ जना बिरामी फेला परेको स्वास्थ्य महा शाखाले बताएको छ। डेंगु रोग ल्याउने जिवानु चिसो ठाउँ पानीमा फैलने हुन्दा सफा पानी जम्न नदिने,सफा पनि जम्ने भाडोहरुलाई घोपत्यायेर पनि पोखिदिनु पर्छ। यो रोगका जिवानुहरु फ्रिज ,एसी ,एयर कुलरमा बस्ने हुँदा त्यसलाई सफा गरि व्यवस्थित गर्नु पर्ने कुरा स्वास्थ्य महा शाखा प्रमुख अलिले बताउनु भयो ।

डेंगु रोगका लक्षणहरु उच्च ज्वरो आउने आखाँको गेडा दुख्ने, टाउको दुख्ने, वाक बाकी हुने, हड्डी माच्चीने गरि दुख्ने रहेकाछन। यी लक्षण देखिए पछि चिकित्सकको सल्लाह अनुसार उपचार प्रक्रिया अगाडी बढाएमा जोखिम बाट जोगिन सकिने अलिले बताउनुभयो।

प्रकाशित मिति: २०२३-०८-०८ , समय : १३:४७:०३ , ३ वर्ष अगाडि

error: Content is protected !!