बि.स. : २०८३ कार्तिक २३, आइतबार

कैदीबन्दीद्वारा कारागारमा आगजनी

Aarya News 2952  पटक हेरिएको

 विराटनगर । जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ । झडपका क्रममा आगलागी समेत भएको छ । कैदीबन्दीबीच सरुवाको विषयलाई लिएर झडप भएको बुझिएको छ ।

झडपका क्रममा कारागारभित्र आगलागी समेत भएको छ । आगो निभाउनका लागि दकमल परिचालन गरिएको छ । कारागारभित्र ढुंगा हानाहान भइरहेको छ। बाहिर क्षेत्रमा धुँवा देखिएको छ। कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीवन्दीहरु आन्दोलनमा उत्रिएका हुन्।

अहिले कारागार परिसरमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति: २०२३-०८-०४ , समय : १६:३७:०० , ३ वर्ष अगाडि

error: Content is protected !!