बि.स. : २०८३ आषाढ ०६, शनिबार

सत्ताको आडमा सार्वजनिक सुनुवाई ; युवाहरु गरे बहिष्कार

राजीव कुशवाहा 4301  पटक हेरिएको

देवानगञ्ज। देवानगञ्ज गाउँपालिकाका विकासवादी युवा अभियानका युवाहरुले सार्वजनिक सुनुवाईलाई बहिष्कार गरेका छन । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई सामाजिक संजाल तथा विभिन्न मध्यम मार्फत जानकारी गराउदै सार्वजनिक सुनुवाईलाई बहिष्कार गरेका हुन्।

सामाजिक संजालमा युवाहरुले लेखेका छन् खबरदार स्थानीय सरकार, विकासवादी युवाको अभियान भ्रस्टाचार विकासका लागि सदैव , आज हुन गईरहेको देवानगञ्ज गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा जनताको भावना र आवाजलाई दबाउन खोजिएकोले हामी विकासवादी युवा अभियन र सम्पूर्ण युवाहरुले यस कार्यक्रमको बहिष्कार गर्दछौ।

सोहि कुरा देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता र प्रमुख प्रशासकीय अधिकृत राम राज पोडेललाई सामाजिक संजाल र विभिन्न मध्यम मार्फत जानकारी गराएका छन्।

आज शुक्रबार दिउसो ३ बजे देखि हुने गई रहेको सार्वजनिक सुनुवाईको समय र आचार संहिताको केहि बुंदा सच्याउन ९ बुन्दै मांग सहित देवानगञ्ज गाउँपालिकालाई विकासवादी युवा अभियानताले युवाहरु ध्यानकर्षण गरएको थियो। उल्लेखित मांग सम्बोधन नभए थप कडा दबाबमूलक कार्यक्रमहरु गर्ने उक्त ध्यानकर्षण पत्रमा उलेख गरिएको थियो।

तर देवानगञ्ज गाउँपालिकाले युवाहरुको मांग सहजै अस्वीकार गर्दै सत्ताको आडमा कार्यक्रम गर्न गईरहेको छ।यसरी नै सत्ताको आडमा जनताको आवाज दबाउदै गयो भने एक दिन यो ठुल्लो मुद्दा न बन्ने भन्न सकिदैन। यस तर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरि देखिन्छ।

प्रकाशित मिति: २०२३-०८-०४ , समय : १२:२४:१९ , ३ वर्ष अगाडि

error: Content is protected !!