बि.स. : २०८३ साउन १६, शनिबार

विश्वका कुनै पनि देश जान यी ३ मानिसलाई पासपोर्ट चाहिँदैन

Aarya News 3721  पटक हेरिएको

एजेन्सी । विश्वमा पासपोर्ट प्रयोगमा आएको १०२ वर्ष भइसकेको छ । एकबाट अर्को देशमा यात्रा गर्नका लागि पासपोर्टको आवश्यक पर्छ ।

राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्रीसमेत एक देशबाट अर्को देशमा यात्रामा निस्कँदा उनीहरुले समेत डिप्लोमेटिक पासपोर्ट राख्नुपर्छ। यद्यपि, विश्वका २०० भन्दा बढी देशहरुमा यस्ता तिन विशेष मानिस छन् जो बिना पासपोर्ट कुनैपनि देशमा पुग्न सक्छन् । साथै उनीहरुको पासपोर्टको बारेमा कसैले सोधीखोजी गर्दैन । उनीहरुलाई जुनसुकै देशमा गएपनि अतिरिक्त सेवासुविधा र प्रोटोकलका हिसाबले पूर्ण सम्मान समेत दिइन्छ ।

यी ती विशेष व्यक्तित्व बेलायतका राजा, जापानका सम्राट र रानी हुन् । चाल्र्स राजा बन्नुभन्दा पहिले यो विशेषाधिकार क्वीन एलिजावेथसँग थियो ।

प्रकाशित मिति: २०२३-०८-०२ , समय : २०:१६:२७ , ३ वर्ष अगाडि

error: Content is protected !!