बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

नागरिकतामा बिचोलियाको हालीमुहाली बढ्दै ; रकमको चलखेल सुरु

Aarya News Desk 1583  पटक हेरिएको

विराटनगर। नागरिकता विधेयक पास भए पछि जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकता दिने बाटो खुले पछि नागरिकता लिनेको भिड जिल्ला प्रशासन कार्यालयमा लाग्ने गरेको छ।

यसरि भिडलाई नियन्त्रण गर्न र दैनिक नागरिकता वितरण गर्ने सिमा तोक्दै जिल्ला प्रशासन कार्यालय मोरङले टोकन प्रणाली लागु गरेको छ। टोकन प्रणाली लागु गरे पछि नेपाली नागरिकता छिटो चाहिएमा सेवा ग्राहीबाट मोटो रकम बिचोलियाले लिने गरेका छन्।

नेपाली नागरिकता लिन सर्वसाधारणले २५ /३० दिन सम्म कुर्नु पर्छ टोकन दिंदा समय र गते निर्धारण गरिएको ३/४ दिन माने नागरिकता चाहिएमा बिचोलिया मार्फत गएमा १० देखि १५ हजार नगद दिएमा समय सिमा भन्दा अगाडी नै नागरिकता पौने गरेको कुराले व्यापक पाएको छ। कटहरी गाउँपालिकाका एक व्यक्तिले टोकन लिंदा ३० दिनमा पालो आउने भएका र आफुले १० हजार दिए पछि ३ दिनमा नागरिकता लिएको कुराले निकै चर्चा पाएको छ।

नागरिकता बनाउन आउदा चाडो नागरिकता चाहिएमा बिचोलियाले रकम लिने टोकन लिएको ३/४ दिनमा नागरिकता प्राप्त गर्ने गरेको कुरा सुन्नमा आएको छ भनि जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादव संग जिज्ञासा राख्दा टोकन लिए पछि अति आवश्यक परेको व्यक्तिलाई टोकन बाट तोकिएको समय भन्दा अगाडी नै नागरिकता उपलब्ध गराउने गरेको बताउनुभयो।

यसमा कुनै रकम लिने गरिएको छैन कसैले हल्ला फ़ैलाउछन रकम कसैले लिएको फैला परेमा कारवाही गरिने बताउनुभयो। सर्वपक्षीय छलफल बाट दैनिक नागरिकता दिने भनेर बाहिर जुन कुरा ल्याईयो सो भन्दा बढीलाई नागरिकता उपलब्ध गराउने काम भएको बताईन्छ।

अति आवश्यक को मापदण्ड ले अति आवश्यक दैनिक टोकन देखि बाहेक ३/४ जना लाई हुनसक्छ तर धेरैलाई अति आवश्यकको दर्जा दिदै जुन किसिमले नागरिकता उपलब्ध गराईएको । यसलाई सरोकार वाला निकायको ध्यान जानु जरुरि छ।

प्रकाशित मिति: २०२३-०७-१० , समय : २१:३३:०७ , २ वर्ष अगाडि

error: Content is protected !!