बि.स. : २०८२ माघ २७, मंगलबार

वन पैदावर हानि नोक्सानी मुद्दाका एक जना फरार प्रतिबादी पक्राउ

Aarya News Desk 1980  पटक हेरिएको

विराटनगर। वन पैदावर हानि नोक्सानी मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । सुनसरी धरान उप-महानगरपालिका वडा नं ५ निसाने बस्ने ३२ बर्षीय प्रदिप खत्रीलाई पक्राउ गरेको हुन् ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुहबाट खटिएको प्रहरी टोलीले उनलाई आज गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरि सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गराएकोमा सम्मानित अदालतले कैद भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।

उनको वन पैदावर हानि नोक्सानी मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८/०५/१६ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना १० दिन कैद भई लगत नं. ११५८ मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो ।

प्रकाशित मिति: २०२३-०६-२२ , समय : २०:१६:३२ , ३ वर्ष अगाडि

error: Content is protected !!