बि.स. : २०८२ माघ २७, मंगलबार

नागरिकता विध्येयक कार्यान्वयन गर्न जनमत पार्टीको माग

Aarya News Desk 3237  पटक हेरिएको

सर्लाही। भर्खरै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विध्येयक तत्काल कार्यान्वयन गर्न जनमत पार्टी सर्लाहीले माग गरेको छ ।
सो पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादवले नागरिकता विध्येयक तत्काल कार्यान्वयन गर्न माग गर्दै कार्यान्वय नगरिए आफूहरु चरणबद्ध संघर्षमा उत्रन बाध्य हुने विज्ञप्ती मार्फत चेतावनी दिएका छन् ।

उनले विज्ञप्तीमा भनेका छन्, ‘नागरीकता विध्येयक शिघ्र कार्यान्वयन गर्न र सहज रुपमा नागरिकता प्राप्त गर्ने वातावरण बनाउन सबै पार्टीका शिर्ष नेतृत्वसँग आग्रह गर्दछु ।’ उनले दशकौंदेखि समान अधिकारका लागि भएको आन्दोलन तथा २०६३÷६४ मा भएको मधेश आन्दोलनको जगमाथि स्थापित नागरिकतासम्बन्धी अधिकारलाई खोस्ने र मधेशी, आदिवासी, जनजाती, मुस्लिम, दलित लगायतका समुदायलाई अनागरिक बनाउने गरी देशका ठुला पार्टी काँग्रेस, एमाले, रास्वपा, राप्रपालगायतले नागरिकता विरोधी अभिव्यक्ति दिइरहेको भन्दै त्यस्ता अभिव्यक्तिको निन्दा गरेका छन् ।

‘एमाले, काँग्रेस, रास्वपा, राप्रपा लगायत विभिन्न पार्टीको नागरिकता विरोधी दिइरहेको अभिव्यक्ति खेदपूर्ण र निन्दनीय छ ।’ विज्ञप्तीमा भनिएको छ ।

राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विध्येयकलाई लिएर अहिले नेपालको सदनमा समेत वादविवाद भइरहेको छ । तर झापा लगायतका जिल्लामा भने विध्येयक प्रमाणीकरण भएसँगै नागरिकता लिनेको घुँइचो बढेको छ ।

यता राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरीकता सम्बन्धी विध्येयकलाई लिएर सवोच्च अदालतले कायान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

प्रकाशित मिति: २०२३-०६-०५ , समय : २१:१८:३७ , ३ वर्ष अगाडि

error: Content is protected !!