बि.स. : २०८३ आषाढ ०६, शनिबार

बाल यौन दुरुपयोगको अभियोगमा कृषि शाखा प्रमुख पक्राउ

Aarya News Desk 3020  पटक हेरिएको

ओखलढुंगा। बाल यौन दुरुपयोगको आरोप लगेका मोलुङ गाउँपालिकाका कर्मचारी तथा कृषि शाखा प्रमुख विनोद कटवाललाई प्रहरीले पक्राउ गरेको छ।

कृषि शाखामा कार्यरत अधिकृत छैठौं कट्वालविरुद्ध बाल यौन दुरुपयोगको अभियोगमा बैशाख २६ गते उजुरी दर्ता भएको थियो। उजुरी दर्ता भएपछि फरार रहेका कट्वाललाई मंगलबार नियन्त्रणमा लिएर अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

कट्वालमाथि १६ वर्षीया बालिकालाई घरमै बोलाएर यौन दुर्व्यवहार गरेको आरोप छ। पीडिको तर्फबाट बालिकाकी आमाले उजुरी दर्ता गरेकी हुन्। छोरीमाथि दुर्व्यवहार गरेको विषय उठाउँदा आमामाथि समेत अपशब्द प्रयोग गरेको पीडित पक्षको आरोप छ।

घटना बाहिर आएपछि २० गते देखि कार्यालयमा उपस्थित नभएका कट्वालले २२ गते जागिरबाट राजीनामा गरेको खुलेको छ। उनले कार्यालयमा २५ गते २२ गतेको मितिमा राजनीनामा दर्ता गराएर सम्पर्कविहीन भएको बताइएको छ।

प्रकाशित मिति: २०२३-०५-१६ , समय : २०:२७:४० , ३ वर्ष अगाडि

error: Content is protected !!