बि.स. : २०८२ चैत्र १९, शुक्रबार

आर्या न्युरो अस्पताल विरामी देखि सम्बन्धित निकायलाई समेत ठग्दै

Aarya News Desk 3480  पटक हेरिएको

विराटनगर। नियमनकारी निकायबाट समय समयमा अनुगम नहुँदा मोरङमा संचालित स्वास्थ्य समस्याहरुको मनोपोली बढ्दै गएको छ।

यसरी मनोपली बढ्नेमा विराटनगर महानगर पालिका वडा नम्बर ३ कन्चावारीमा संचालित आर्या न्युरो अस्पताल दुई कदमले अगाडी रहेको छ। विरामी लाई उपचार गर्ने उदेश्य ले संचालनमा ल्याएको अस्पतालमा सम्बन्धित निकायलाई समेत भ्रममा पर्दै आएको छ। अस्पताल संचालन गर्दा अनुमति लिएको वेड संख्या भन्दा बढी वेड राखेर उपचारको नाममा विरामीलाई लुटेर सम्बन्धित निकायलाई समेत ठग्दै आएको छ।

आर्या अस्पताल कति वेड को हो भनेर जानकारी गराउने तर्फ कन्जुस्याई गरेको कारण आर्या न्युरो अस्पताल भित्र ठुले खेल भएको हुन् सक्ने आशंका सर्वत्र गर्न थालिएको छ। अस्पतालका संचालक सदस्य दिनेश ठाकुर संग अस्पताल कति वेडको हो भनेर सोध्दा ठाकुरले बताउन चाहनु भएन।

आर्या न्युरो अस्पताल आइ सी यु ७ वेडको रहेको कुरा भरपर्दो सुत्रले बताएको छ। आर्या न्युरो अस्पताल २५ वेडको अनुमति पाएको उक्त सूत्रको भनाइ छ।

प्रकाशित मिति: २०२३-०५-१६ , समय : १०:१३:१५ , ३ वर्ष अगाडि

error: Content is protected !!