बि.स. : २०८२ चैत्र २५, बिहिबार

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

Aarya News 2608  पटक हेरिएको

काठमाडौं। नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्न एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो २ बजे बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

एमालेले बैशाख २८ गतेदेखि केन्द्रीय कमिटीको बैठक बोलाएको छ। आज छलफल भएका एजेण्डालाई केन्द्रीय बैठकमा प्रस्तुत गरिनेछ।

सोमबार महासचिव शंकर पोखरेलको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बसेको केन्द्रीय कार्यालयको बैठकले छलफल गरी कार्ययोजना बनाएको छ। उक्त छलफलका विषय आजको बैठकमा प्रस्तुत हुनेछ।

प्रकाशित मिति: २०२३-०५-०९ , समय : ०८:०६:३९ , ३ वर्ष अगाडि

error: Content is protected !!