बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

प्याडभित्र लुकाएर ब्राउनसुगरको तस्करी गर्ने दिदीबहिनी पक्राउ

Aarya News 1006  पटक हेरिएको

झापा। भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागुऔषध ब्राउन सुगरसहित दुई युवती पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हेटौडा १ घर भई हाल झापा मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ (राजवंशी) र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

बिहीबार राति ९ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका उनीहरूलाई विमानस्थल प्रहरीले शरीर चेकजाँचका क्रममा सोनीको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर फेला परेको डीएसपी रिजालले बताए ।

सोनीले गुप्ताङमा लगाएको प्याडमा ब्राउन सुगर लुकाएर काठमाडौं लैजान खोजेकी थिइन् । सोनीसँग ब्राउन सुगर फेला परेपछि सँगै काठमाडौं जान लागेकी उनकी दिदी सन्ध्यालाई पनि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०५-०५ , समय : १६:५२:५८ , २ वर्ष अगाडि

error: Content is protected !!